कारोबार


विराटनगर र धनगढीमा ‘युवासँग ‘महालक्ष्मी लाइफ’ कार्यक्रम

विराटनगर र धनगढीमा ‘युवासँग ‘महालक्ष्मी लाइफ’ कार्यक्रम

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १५:०, काठमाडौँ

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवाहरुबीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले ‘युवा सँग महालक्ष्मी लाइफ’ कार्यक्रम सञ्चालन गरेको छ।

कम्पनीले हालै सो कार्यक्रम कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ। 

सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो। बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले सञ्चालन गरेको कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्व बारे प्रकाश पारे।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रीय प्रमुख हिरा निरौलाले सहभागी युवाहरुलाई प्रशिक्षण दिएका थिए। कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यीय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरिएको कम्पनीले जनाएको छ। 

त्यसै गरी आजै धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा पनि ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ। कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पारे।

कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। सहभागीहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिएका थिए।
कार्यक्रमको सञ्चालन नायव अधिकृत नरेश बहादुर सिंहले गरेका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .