कारोबार


कति शक्तिशाली छ चेरीको नयाँ कार टिगो-४ प्रो? (भिडिओ रिभ्यु)

कति शक्तिशाली छ चेरीको नयाँ कार टिगो-४ प्रो? (भिडिओ रिभ्यु)

चेरी टिगाे ४ प्राे । तस्बिर : विक्रम राई


वसन्त अर्याल
कात्तिक १२, २०७८ शुक्रबार १४:५९, काठमाडौँ

चिनियाँ ब्रान्ड चेरीले फेरि नेपालमा बिक्रीवितरण सुरु गरेको छ। 

सारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले चेरीको एसयूभी सेग्मेन्टबाट नेपालमा बिक्री सुरु गरेको हो। 

याेसँगै करिब १ दशकअघि नेपालबाट बाहिरिएको ब्रान्ड पुनः नेपाली बजारमा प्रवेश गरेको छ। एसपीजी अटोमोबाइल्सले थापाथलीमा शोरुम खोलिसकेको छ। 

चीनमा सन् १९९७ मा चेरी अटोमोबाइल्स को.लि. स्थापना भएको थियो। विश्वका ८० बढी देशमा चेरीका गाडी गुडिरहेका छन्। कम्पनीले एरिजो, टिगो, एक्सिडलगायतका मोडल उत्पादन गर्दै आएको छ। 

९० लाखभन्दा बढी गाडी बिक्री गरिसकेको चेरीले चीनमा जागुअर ल्यान्ड रोभर मोटरसँग मिलेर गाडी उत्पादन गर्दै आएको छ।

नेपालमा हाल टिगो फोर प्रो गाडी नेपाल भित्रिसकेको छ। एसपीजी मोर्टसले टिगो ७ प्रो र टिगो ८ प्रो छिट्टै नेपाल भित्र्याउने जानकारी दिएको छ। 

१४ सय ९८ सीसी
१.५ लिटरको टर्बो चाज्र्ड इन्जिन रहेको टिगो फोर प्रो १४ सय ९८ सीसी रहेको छ। १६ भल्भ रहेको गाडीले १०८ किलोवाट अधिकतम पावर र २१० टर्क जेनेरेट गर्छ।

गाडीमा फन्ट भेन्टिलेटेड डिस ब्रेक, रियर डिस ब्रेक सिस्टम रहेको छ। गाडीको लम्बाइ ४ हजार ३१८, चौडाइ १८ सय ३०, उचाइ १६ सय ७० रहेको छ। 

२ सय एमएम ग्राउन्ड क्लियरेन्स, मजबुत सुरक्षा फिचर 
ग्राउन्ड किलियरेन्स २ सय एमएम, बुट स्पेस ३ सय ४० लिटर, फिउल ट्यांक ५१ लिटर रहेको छ। 

सेफ्टी फिचर्समा इलेक्ट्रोनिक्स पार्किङ ब्रेक विथ अटोहोल्ड, प्यासेन्टर सिट बेल्ट विथ लिमिटर, सिट बेल्ट रिमान्डर, चाइल्ड लक सिस्टम, एन्टीलक ब्रेकिङ सिस्टम,ईबीडी, ईएसपी, ईबीएलगायत रहेका छन्। टप भेरियन्टमा ६ वटा एयरब्याग रहेको छ। 

चेरीको लक्जरियस गाडीमा डाइमन्ड फेस, एलईडी हेडल्याम्प, अटोमेटिक हेडल्याम्प, एलइडी डेटाइम रनिङ ल्याम्प, साइड टर्निङ ल्याम्प, रियर लाइसेन्स ल्याम्प रहेको छ।

गाडीका चारवटै टायरमा कति प्रेसर रहेको छ भन्ने डिस्प्लेमा देखिन्छ। 

आकर्षक इन्टेरियर
इन्टेरियरमा उच्च गुणस्तरको पीभीसी सिट, लगेज कभर, कोट र्याक, पछाडीको सिटमा आर्मरेस्टसहित २ वटा कम राख्न मिल्ने ठाउँ रहेको छ। 

गाडीको स्टेरिङलाई आफु अनुकुल चार तर्फ एडजस्ट गर्न सकिन्छ। ड्राइभर सिटकालाई पनि आफु अनुकुर एडजस्ट गर्न सकिने कम्पनीले जनाएको छ। 

त्यस्तै ड्राइभिङ सहजताको लागि पुस स्टाट बटम, ड्राइभर सिट एजस्टमेन्ट, अघि र पछिका विद्युतीय झ्याल, भित्रबाटै बाहिरको ऐन मिलाउन सकिने, रिभर्स क्यामेरा रहेको छ। 

१०.२५ इन्चको कन्ट्रोल एचडी डिस्प्ले
इन्फोटेन्मेन्टमा १०.२५ इन्चको कन्ट्रोल एचडी डिस्प्ले रहेको छ। ब्लुटुथ, रेडियो, मोबाइल्ट कनेक्ट, ६ वटा स्पिकर, ३ वटा युएसबी रहेका छन्।

नयाँ फिचर 
चेरीको टिगो फोर प्रोमा नवीनतम फिचरहरु रहेका छन्। यसमा चारैतिर एडजस्ट गर्न मिल्ने सिट र स्टेरिङ, ओपन सनरुफजस्ता नयाँ फिचर छन्।

यसबाहेक रिमोट साथमा हुँदा १.५ मिटरको दूरीमा स्वतः अनलक हुने फिचर पनि छ। रिमोट छैन भने फिंगर टच सेन्सरबाटै पनि अनलक गर्न सकिन्छ।

कारमा बाहिरबाटै स्टार्ट गर्न सकिने सुविधा छ। कारको एसी बाहिरको तापक्रमअनुसार मिल्ने गरी एडजस्ट गरिएको छ। यो कार चढ्नेले यसका नवीनतम फिचरबाट छुट्टै राइड अनुभव लिन सक्छन्। 

तीन वर्षको वारेन्टी
यो गाडीमा तीन वर्षको वारेन्टी दिइएको छ। गाडीले प्रतिलिटर १४.५ किमि माइलेज दिन्छ।  

सारडा ग्रुपअन्तर्गतकै पायोनिअर मोटोकर्पले नेपालमा निशान र ड्याटसन ब्रान्डका गाडी बिक्री गर्दै आएको छ। 

तीन भेरिएन्ट, मूल्य कति? 
टिगाे फाेर तीन भेरिएन्टमा उपलब्ध छ। टिगाे फाेर ६ वटा रंगहरुमा उपलब्ध छ। यसमा आइसीएक्स ब्लु, ज्वेल रेड, नास्डाक सिल्भर, न्यु खाकी ह्वाइट, सेल्डाेम एश र कार्बन क्रिस्टल ब्ल्याक रहेका छन्। 

यसअनुसार टिगाे४ प्राे १.५ लिटर इन्जिनकाे ४६ लाख २० हजार, टिगाे४ प्राे १.५ लिटर सीभीटीकाे ५२ लाख ५० हजार र टिगाे४ प्राे १.५ टर्बाे सीभीटीकाे मूल्य ५८ लाख ४० हजार रहेकाे छ। 

भिडिओ

तस्बिर/भिडिओ : विक्रम राई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .