कारोबार


गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्दै पर्यटन मन्त्री आलेले भनेः बुद्ध जयन्तीअघि नै सञ्चालन होस्

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्दै पर्यटन मन्त्री आलेले भनेः बुद्ध जयन्तीअघि नै सञ्चालन होस्

शनिबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको टोली।


सुदीप भण्डारी
माघ १६, २०७८ आइतबार ५:८, बुटवल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम छिटो सक्न निर्देशन दिएका छन्।

उनले बुद्ध जयन्ती भन्दा अघि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिएका हुन्। ​गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणपछि निर्देशन दिने क्रममा पर्यटनमन्त्री आले। अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार निरीक्षण गर्दै मन्त्री आलेले विमानस्थलप्रति विश्वकै ध्यान गएकाले अब विलम्ब गर्न नहुने बताए।

आलेले मौसम सफा हुनासाथ क्यालिब्रेसन फ्लाइट हुने जानकारीसमेत दिए। उनले मौसमले साथ दिएमा फागुन ९ गते परिक्षण उडान गरिने बताए।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा एअर ट्राफिक जाम हुने गरेकाले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल छिटो सञ्चालनमा ल्याउन सके सहज हुने उनको भनाइ छ।

मन्त्री आलेसँगै संघिय सांसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, सांसद प्रमोदकुमार यादव अन्तराष्ट्रिय विमानस्थल निरीक्षणमा आएका थिए।  

नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले फागुन ९ गने थाइल्यान्डबाट आउने एरो थाइको विमान नेपाल अवतरण हुने गरी कार्यतालिका तयार पारिएको बताए।

यो पनिगौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा, बुद्ध जयन्तीबाट नियमित उडान गर्ने तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .