कारोबार


तीन वर्षमै नेपाल भित्रिए दर्जन गाडी–ब्रान्ड, छोडेका पनि फर्किए

तीन वर्षमै नेपाल भित्रिए दर्जन गाडी–ब्रान्ड, छोडेका पनि फर्किए

वसन्त अर्याल
फागुन २६, २०७८ बिहिबार ८:३७, काठमाडौँ

पछिल्ला केही वर्षयता नेपाल भित्रिने नयाँ गाडी–ब्रान्डको संख्या बढेको छ।  

आक्रामक प्रवेश गर्ने क्रममा विगत ३ वर्षमा मात्रै १ दर्जन बढी गाडी नेपाली बजारमा भित्रिएका हुन्। 

पहिलेदेखि नै नेपालमा जापानी, जर्मन, कोरियन, फ्रेन्च, भारतीय, अमेरिकन ब्रान्डको दबदबा रहँदै आएको छ। तर पछिल्ला वर्षमा भने अधिकांश चिनियाँ सवारीसाधन ब्रान्ड नेपाल आएका छन्।

१ दशकअघि नेपाल प्रवेश गरेर बन्द भएका ब्रान्ड पनि अहिले फेरि नेपाल फर्किएका छन्। त्यसमा पनि बजारमा चिनियाँ विद्युतीय गाडी आएका छन्।  

नेपाली अटोबजारमा हालसम्म टाटा, हुन्डाई, सुजुकी, किया, फोर्ड, जिप, महिन्द्रा, टोयोटा, फक्सवागन, निशान चर्चित ब्रान्डकै प्रभुत्व थियो। 

तर यो ३ वर्षमा चिनियाँ ब्रान्ड फोटोन, चांगन, डीएफएसके, डेरी, ज्याक नयाँ ब्रान्डको रुपमा भित्रिएका छन् भने ग्रेटवाल मोटर्स, चेरी एकपटक बन्द भएर पुनः आएका हुन्। 

सस्तो विद्युतीय गाडी जियाउन सिटी स्प्रिटका नेपालमा विद्युतीय गाडी भित्रिएका छन्। नेपालमा २ सिटर र ४ सिटर सानो विद्युतीय गाडी भित्रिएका छन्। 

नेपालमा डेरी ब्रान्डले नेपाल २०७७ विद्युतीय गाडी भित्र्याएको छ। अटोहोस्टले ईभी ७ र ईएम ७ मोडल इलेक्ट्रिक तथा सोलारका कार आयात भएका छन्।

नेपालमा फ्रेन्च ब्रान्डका प्युजोट, रेनो नेपालमा रहेकोमा २०२१ मा  सिट्रियोन ब्रान्ड आएको छ। सांग्रिला मोटर्स प्रालिले फ्रेन्च गाडी सिट्रियोन नेपालमा भित्र्याएको छ। २०२१ सेप्टेम्बरमा सिट्रियोन ब्रान्डका गाडी भित्रिएसँगै कम्पनीले सी ५ एयरक्रस एसयूभी नेपालमा सार्वजनिक गरेको छ।  

चिनियाँ ब्रान्ड 
चांगन

२०७८ मंसिरमा नेपालमा चांगनका गाडी नेपाल भित्रिएका छन्। नेपालमा एमएडब्लु वृद्धि अटोकर्पसँगको व्यापारिक साझेदारीमा चिनियाँ कम्पनीले नेपालमा आफ्नो उत्पादनहरूको बिक्रीवितरण सुरु गरेको छ। 

चांगनको नक्सालमा शोरुम छ। हाल कम्पनीले सेडान एल्सभिन र पिकअपमा हन्टर भित्र्याएको छ। कम्पनीले एसयूभीसँगै विद्युतीय गाडी नेपालमा ल्याउने बताउँदै आएको छ। सन् २०२१ मा चांगन ब्राण्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी बिक्री हुन सफल भएको थियो।

फोटोन
२०७५ साउनमा चिनियाँ ब्रान्ड फोटोनका गाडी नेपाल भित्रिएका हुन्। नेपालमा एमएडब्लु वृद्धिले चिनियाँ ब्रान्ड फोटोनका गाडी समेत बिक्री गर्दै आएको छ।  

बेइजिङ अटो ग्रुपअन्तर्गतको कम्पनी फोटोनले नेपालमा टुनाल्ड मोडलका पिकअप, माइक्रोबसको रुपमा प्रयोग हुने भ्यान, एम्बुलेन्स बिक्रीवितरण गर्दै आएको छ।
 
डीएफएसके
डीएफएसके सन् २०१९ बाट नेपाली बजारमा बिक्री हुँदै आएको छ। कुजु नेपाल प्रालिले नेपालमा ग्लोरी आई अटो, ग्लोरी ५८० र ग्लोरी ५६० मोडलको गाडी नेपाल बिक्रीवितरण गर्दै आएको छ। 

डीएफएसके चिनियाँ ब्रान्ड भए पनि इन्डोनेसियाको प्लान्टमा निर्मित गाडी नेपाल आउने कुजु नेपालले बताएको छ। डीएफएसकेका गाडी चलाउँदै फोन गर्न वा उठाउन, फोन कल हिस्ट्री हेर्न, गीत सुन्न र बन्द, कार कन्ट्रोल, भ्वाइस नेभिगेसन, कनेक्टिभिटी गर्न  सकिने आकर्षक फिचर्स छन्।

दीगो 
दीगो ग्रुपले नेपालमा विद्युतीय ई८ कार नेपालमा भित्र्याएको छ। कम्पनीले जोयलंगको माइक्रोबस समेत भित्र्याएको छ। दीगोले नै चिनियाँ ब्रान्ड ज्याक मोटर्सका पिकअप समेत नेपाल भित्रिएको छ।  

विश्व चर्चित ब्रान्ड
सन् २०१६ मा बेलायती ब्रान्ड एमजी, फ्रेन्च ब्रान्ड रेनो भित्रिएका थिए। 

नेपालमा एसजी ग्रुपले एमजीका गाडी भित्र्याए पनि २०१८ देखि भने प्यारामाउन्ट मोटर्सले एमजीका गाडी बिक्रीवितरण गर्दै आएको छ। एमजीका जीएस, एचएस, हेक्टरसँगै विद्युतीय जेटएस ईभी बिक्रीवितरण गर्दै आएको छ। 

फ्रेन्च ब्रान्ड रेनोको नेपालमा विशाल ग्रुपअन्तगर्तको एडभान्स अटोमोबाइल्सले बिक्रीवितरण गर्दै आएको छ। कम्पनीका नेपालमा हाल क्विड, डस्टर, काइगर, टाइबर विक्री वितरण गर्दै आएको छ। 

३ वर्षकै अवधीमा विश्वको चर्चित ब्रान्ड बीएमडब्लु र टेस्लाका गाडी समेत भित्रिएका छन्। 

टेस्ला
विश्वकै चर्चित टेस्लाका गाडी समेत नेपालमा बिक्रीवितरण सुरु भएका छन्। नेपालमा अरेत इन्टरनेश्नलले मोडल थ्रि र श्रीमा डिस्ट्रिब्युसनले मोडल एक्सका गाडी नेपालमा भित्र्याएका हुन्। 

हाल अरेत इन्टरनेशनलले विभिन्न ठाउँमा चार्जिङ स्थापना गरी मोडल थ्रिका गाडी बिक्री गर्दै आएको छ। टेस्लाको आधिकारिक बिक्रेता नियुक्त नहुँदा टेस्ला आयातमा विवाद समेत रहेको छ।

बीएमडब्लु
विश्व प्रिमियम ब्राण्ड बीएमडब्लुको सन् २०२० को डिसेम्बरमा औपचारिक रुपमा नेपालमा लञ्चिङ गरेको थियो। त्यसअघि नै कम्पनीले केही गाडी बिक्री गरिसकेको थियो। 

नेपालमा लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा भव्य शोरुम खोली बिक्रीवितरण गर्दै आएको छ। नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले बीएमडब्लुका गाडी भित्र्याएको हो। 

करिब १६ वर्षअघि नेपालमा बीएमडब्लुका गाडी भित्रिए पनि आधिकारिक बिक्रेता तोकी बिक्रीवितरण भएको थिएन। एभ्को इन्टरनेश्नले ८ वटा बीएमडब्लुका गाडी ल्याई बिक्री गरेको थियो।
बीएमडब्लुका थ्रि सिरिज, ५ सिरिज, ७ सिरिज र एक्स सिरिजका गाडी बिक्रीवितरण गर्दै आएको छ। 

जो पुनः प्रवेश गरे 
एक दशकअघि नेपाल प्रवेश गरेर बन्द भएका ब्रान्ड पुनः प्रवेश गरेका छन्। ग्रेटवाल, चेरी र प्रोटोन ब्रान्ड नेपाली बजारमा पुनः प्रवेश गरेका हुन्। 

ग्रेटवाल मोटर्स
चिनियाँ ग्रेटवाल मोटर्स (जीडब्लुएम)ले २०७८ असारमा नेपालमा तीनवटा मोडल नेपाल भित्र्याएको छ। 

ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता विशाल ग्रुपअन्तर्गतको भीजी इम्पेक्स प्रालिले नेपालमा गाडी बिक्रीवितरण गर्दै आएको छ।

चिनियाँ कम्पनी ग्रेटवालका ३ वटा ब्रान्ड नेपालमा बिक्री हुनेछन्। भीजी इम्पेक्सले हावल, ग्रेटवालसँगै ओरा गुडक्याटको गाडी नेपाल भित्रिसकेका छन्। गुडक्याटको औपचारिक लञ्च भइसकेको छैन।

चेरी
पहिला आएर बन्द भएको चिनियाँ ब्रान्ड चेरीको आधिकारिक बिक्रेता सारडा ग्रुपले २०७८ कात्तिकबाट बिक्रीवितरण सुरु गरेको थियो। ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्स प्रालि नेपालको आधिकारिक बिक्रेताले चेरीका गाडी भित्र्याएको छ। 

बतास ग्रुपले भित्र्याएको चेरी ११ वर्षअघि नै बन्द भएको थियो। निशान र ड्याट्सन बिक्री गर्दै आएको सारडा ग्रुपले चेरी ब्रान्ड पुनः बजारमा ल्याएको हो। कम्पनीले अहिले टियाग्रो फोर प्रो नेपाली बजारमा सार्वजनिक भएको छ। 

चीनमा सन् १९९७ मा चेरी अटोमोबाइल्स को.लि. स्थापना भएको थियो। कम्पनीले एरिजो, टिगो, एक्सिडलगायत ब्रान्डमा गाडी उत्पादन गर्दै आएको छ।

प्रोटोन 
मलेसियन ब्रान्ड प्रोटोन २०७७ पुसमा नेपाल भित्रिएको थियो। जगदम्बा मोटर्सले सेडानमा सागा र एक्स ७० नेपाल भित्र्याएको छ। 

यसअघि नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठहरुले भित्र्याए पनि पछि बन्द भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .