ad ad

कारोबार


रोयल इनफिल्डद्वारा विश्वभर ‘वान राइड’ सम्पन्न

रोयल इनफिल्डद्वारा विश्वभर ‘वान राइड’ सम्पन्न

नेपालखबर
असोज ३, २०७९ सोमबार १९:३८, काठमाडौँ


विश्वको पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता  अल्फा अटोमोटिभले वान राईड २०२२ कार्यक्रम सम्पन्न गरेको छ। रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरु अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका थिए। 

यसपटक पनि वान राइड विश्वभर एकै दिन आयोजना गरिएको थियो।  यस पटक को राइडको नारा ‘वान मिसन, वान वर्ल्ड, वान राइड’ रहेको थियो।  

वान राइड २०२२ कार्यक्रम यही असोज २ गते विहान ६ बजे कमलपोखरी सिटी सेन्टरबाट सुरु भएर चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिएको थियो। उक्त राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना सहभागीहरु दिइएको थियो।  

नेपालमा काठमाडौं लगायत अल्फा अटोमटिभका डिलरहरु बुलेट ट्रेडर्स– पोखरा, यति अटोमोबिलस् चितवन, रोयल मोटोर्स– इटहरी र गैरे प्रतिष्ठान– वुटवल गरि ५ शहरमा सम्पन्न भएको थियो। 

देशको ग्रामिण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्दत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उदेश्य अनुसार चित्लाङमा रहेको श्री कालिदेवी आधारभूत विद्यालयका सबै विद्यार्थी भाइबहिनीहरुलाई स्कुल ब्याग वितरण गरिएको थियो।

व्याग हस्तान्तरण कार्यक्रममा चित्लाङका वडा अध्यक्ष, विद्यालयका प्रधनाधापक, चित्लाङका समाजसेवी, रोयल इनफिल्ड इन्डियाका प्रतिनिधि, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदूतावासका कर्मचारीसमेत सहभागी थिए।

वान राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासिक ३५० तथा मेटीअर ३५० मोटरसाइकलका साथै ५० भन्दा धेरै सहभागी भएका थिए।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो। विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो।  

यसरी शुरु गरिएको राइड विश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठूलो राइडमा गणना हुन थालेको छ। वार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठूलो कार्यक्रम मानिन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .