बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरुको महान चाडहरू दशैं, तिहार, नेपाल सम्बत ११४३ तथा छठमा ल्याएको नगद फिर्ता योजना चाडपर्व पश्चात पनि कायमै राखेको छ।
आफ्ना ग्राहकहरुलाई आवश्यक सरसामान खरिद गर्दा सुविधा होस् भन्ने हेतूले बैंकले २५ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको थियो। यसै अनुरुप चाडपर्वहरुमा मात्र होईन चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मकै नगद फिर्ता योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहकहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा रु. १५० सम्मको नगदफिर्ता पाउनेछन्। यस नगदफिर्ता योजना यहि २०७९ साल कार्तिक १५ गते मंगलबारबाट २०७९ साल कार्तिक ३० गते बुधबारसम्म मात्र रहने बैंकले जनाएको छ।
विद्यतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरिरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकलाई लाभाम्वित बनाउन बैंकले प्रतिवद्धता जनाएको छ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।
Shares
प्रतिक्रिया