हामा आइरन एन्ड स्टिलले एक वर्षमा करिब ४ अर्ब रुपैयाँको कारोबार गरेको छ। मुख्यत: टीएमटी बार उत्पादन गर्ने कम्पनीले अघिल्लो वर्ष २ अर्ब ७३ करोड रुपैयाँको मात्रै कारोबार गरेको थियो।
आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ८० करोडको मात्रै बिक्री गरेको कम्पनीले २०७७/०७८ मा २ अर्ब ७३ करोड गर्यो। गत आर्थिक वर्षमा ४ अर्ब ८० करोड रुपैयाँमो स्टिल उत्पादन गरेको छ।
कम्पनीले गत आर्थिक वर्षमा कारोबार बढाएपनि कर, ब्याज, अवमुल्यन सहितको नाफा भने घटेको छ। २०७७/०७८ मा १०.९५ प्रतिशत रहेकोमा २०७८/०७९ मा ४.५७ प्रतिशत मात्रै नाफा रहेको छ।
कम्पनीका देशभर १०० वटा डिलर रहेका छन्। कम्पनीले पछिल्लो ३ आर्थिक वर्षमा उत्पादन क्षमताको जम्मा २६ प्रतिशत मात्रै उत्पादन गरेको छ। कम्पनीको उत्पादनमध्ये ९० प्रतिशत टीएमटी छड मात्रै रहेको छ। कम्पनीले एमएस विलेट नेपाली उत्पादकसंगै विदेशबाट समेत आयात गर्दै आएको छ।
सिमरामा रहेको वार्षिक १ लाख २० हजार उत्पादन क्षमता रहेको कम्पनीले बाइन्डिङ वायेर लगायत उत्पादन गरिरहेका छन्। कम्पनीको अध्यक्ष बालकृष्ण श्रेष्ठ रहेका छन्। स्टिल उद्योगमा उनको २ दशकको अनुभव रहेको छ।
Shares
प्रतिक्रिया