कारोबार


रोयल इनफिल्ड मोटरसाइकलको नयाँ शो रुम नक्साल र कोटेश्वरमा

रोयल इनफिल्ड मोटरसाइकलको नयाँ शो रुम नक्साल र कोटेश्वरमा

नेपालखबर
चैत ५, २०७९ आइतबार २१:५५, काठमाडौँ

रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै नयाँ शो रुम खोलेको छ।

कम्पनीको मापदण्ड अनुसार निर्माण गरिएका अत्याधुनिक शोरुम त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तम लाल संघाईले विशेष कार्यक्रमकाबिच उद्घाटन गरे।

रोयल इनफिल्ड मोटरसाइकल शोरुम ‘वाइकर्स होमको’ अवधारणामा निर्माण गरिएको छ। शोरुमबाट बाइक, राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्री पछाडिका सेवाको ब्यवस्था गरिएको छ। कम्पनीको मुख्य उदेश्य ‘ग्राहक सन्तुष्टि नै हाम्रो सन्तुष्टि’ रहेको कम्पनीले जनाएको छ।

रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ।  

अल्फा अटोमोटिभ प्रालिले आफ्नो एवं डिलर समेत गरि कम्पनी मापदण्डका हाल ६ वटा (नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शोरुम संचालन गरिरहेको छ भने चैत्र महिना भित्र थप ४ वटा (बिर्तामोड, टाडी, सुर्खेत र भक्तपुर) संचालनमा आउने जनाएको छ।

र, असार महिनाभित्र थप ८ वटा (विराटनगर, राजविराज, जनकपुर, हेटौँडा, नारायणगढ, दाङ, नेपालगञ्ज र त्रिपुरेश्वर) संचालनमा ल्याएर कुल १८ वटा  शोरुमबाट बाइक बिक्री, गियर एवं जेनविन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ लगाएतका सेवा प्रदान गर्नेछ। 

अल्फा अटोमोटिभ प्रालि त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो। त्रिवेणी ग्रुपले उत्पादनमुलक उधोग व्यवसाय, बैंकिङ, बीमा, एवं  सर्भिस सेक्टरमा कार्य गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .