सेयरबजार आज १८.१५ अंकले घटेको छ।
नेप्से उक्त अंकले घटेसँगै १९१५.१४ विन्दुमा रोकिएको हो।
बिहान ११ बजे बजार खुलेयता पौने १ बजेसम्म ओरालो लागेको सूचक त्यसपछि केही उकालो लागेको थियो। तर बन्द हुनुअघि पुनः घटेको थियो।
योसँगै ३० कम्पनीको सेयर बढेको छ भने १७९ वटाको घटेको र ६ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज बजारमा २५९ कम्पनीको ४३ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा २९ हजारभन्दा बढी पटकको किनबेचपछि १ अर्ब ४१ करोडको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज माया खोला हाइड्रोका लगानीकर्ताले १० प्रतिशत, एसियन हाइड्रोपावरका लगानीकर्ताले ९.९७ प्रतिशत कमाएका छन् भने युनिक नेपाल लघुवित्तका सेयरधनीले ७.४६ प्रतिशत गुमाएका छन्।
बजारमा आज सर्वाधिक कारोबार एनआईसी एसिया बैंकको भएको छ। बैंकको २१ करोडको कारोबार भएको हो।
Shares
प्रतिक्रिया