कारोबार


टेलिकम परिसरभित्र फोहर फालिएकोप्रति खेद प्रकट

टेलिकम परिसरभित्र फोहर फालिएकोप्रति खेद प्रकट

नेपालखबर
चैत २१, २०७९ मंगलबार २१:५२, काठमाडौँ

नेपाल टेलिकमले मधेश प्रादेशिक निर्देशनालय वीरगञ्जको कार्यालय परिसरभित्र फोहर फालिएको घटनाप्रति खेद प्रकट गरेको छ। 

बिहान करिब ९.१५ बजे अचानक १५/२० जना अनधिकृत व्यक्तिहरुको समूहले ५÷७ ट्रयाक्टर फोहोर फालेको टेलिकमले जनाएको छ। 

‘महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियानको विरुद्ध हुनेगरी उक्त समूहद्वारा भएको यस घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएकाले कम्पनी यस्तो गतिविधिप्रति खेद व्यक्त गर्दछ’ प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

टेलिकमले सो कार्यको भत्र्सना गर्दै भविष्यमा यस्ता अवान्छित घटना हुन नदिन सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .