विजय डिस्टिलरीको सञ्चालन आम्दानीमा घटेको छ। जाउलाखेल ग्रुपअन्तर्गतको कम्पनीले गत वर्ष २ अर्ब ८ करोड रुपैयाँको मदिरा बिक्री गरेको हो।
कम्पनीको गत आर्थिक वर्षमा कर, ब्याजसहितको नाफामा पनि गिरावट आएको छ। यस्तो नाफा ८.९ प्रतिशतमा सीमित भएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा भने २ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो। उक्त वर्ष १७ प्रतिशत नाफा गरेको थियो।
आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ५४ करोड रहेको थियो। आथिक वर्ष २०७४/०७५ मा ३ अर्ब ६६ करोड रुपैयाँ आम्दानी गरेको थियो।
विजय डिस्टिलरीले रुस्लान भोड्का, ब्लु डाइमन्ड जीन र गोल्डेन ओक बिक्री गर्दै आएको छ। कम्पनीको ब्लु डाइमन्ड र गोल्डेन ओकको व्यापारमा वृद्धि हुँदा रुस्लान भोड्काको घटेको छ।
करिब ४ दशकदेखि कम्पनीले मदिरा उत्पादन र वितरण गर्दै आएको छ। विजय कुमार शाह कम्पनीका अध्यक्ष तथा प्रबन्धनिर्देशक रहेका छन्।
Shares
प्रतिक्रिया