ad ad

कारोबार


दुर्गा प्रसाईंले आयकर नतिरेपछि कर कार्यालयले दियो १५ दिने ‘अल्टिमेटम’

दुर्गा प्रसाईंले आयकर नतिरेपछि कर कार्यालयले दियो १५ दिने ‘अल्टिमेटम’

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८० बुधबार १२:२६, काठमाडौँ

दुर्गा प्रसाईंले आयकर नतिरेपछि उनलाई कर कार्यालयले १५ दिने ‘अल्टिमेटम’ दिएको छ।

आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै दुर्गा प्रसाईंलाई १५ दिनको समय दिएको हो। 

उनले सञ्चालन गरेको बीएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको राजस्व कार्यालयले जनाएको छ।

पटक-पटक पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको आन्तरिक राजस्व कार्यालय भद्रपुरले बताएको छ। 

सञ्चालक दुर्गा प्रसाईंसहित कर बक्यौता रहेको ३६ कम्पनीलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .