ad ad

कारोबार


अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु

अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १४:२३, काठमाडौँ

राष्ट्रिय चिया दिवसका अवसर काठमाडौंमा बिहीवार देखि अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चौथो चिया महोत्सव शुरु भएको हो।

महोत्सवको उद्घाटन कृषि, पशुपंक्षीमन्त्री डा. वेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरे। 

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चिया महोत्सव गरिएको आयोजकले बताएको छ।

महोत्सव बिहीवार काठमाडौंमा शुक्रवार र शनिवार इलाममा हुनेछ। चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन्।

विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराउने आयोजकले जानकारी दिएको छ।

१५ र १६ गते व्यापारीलाई चिया बगैंचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गराउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .