अप्रिल महिनामा ९८ हजार ७७३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
पछिल्लो २ महिनामा लगातार करिब १ लाख पर्यटक नेपाल भित्रिएका हुन्।
अघिल्लो वर्षको यहि अवधिमा भने ६१ हजार ५८९ पर्यटक नेपाल भित्रिएका थिए। कोभिडअघिको सामान्य अवस्थामा अप्रिलमा १ लाख ९ हजार पर्यटक भित्रिएको पर्यटन बोर्डले उल्लेख गरेको छ।
नेपाल भित्रनेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्। अप्रिलमा भारतीय ३१ हजार ४३७, अमेरिकी ८ हजार ४१३, बेलायती ५ हजार ४०९, चीन ४ हजार ७७० र पाँचौ नम्बरमा अष्ट्रेलियाबाट ३ हजार ८२६ पर्यटक नेपाल भित्रिएका छन्।
30
Shares
प्रतिक्रिया