सेयरबजारमा सूचक र कारोबार दुवैमा गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ६९ करोडको मात्र सेयर कारोबार भएको हो।
नेप्से ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा झरेको छ। योसँगै ६९ कम्पनीको सेयर बढेको छ भने १४४ वटाको घटेको र ७ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज आत्मनिर्भर लघुवित्तका सेयरधनीले ८.२० प्रतिशत आम्दानी गरेका छन्। यो नै आजको सर्वाधिक आम्दानी हो। त्यस्तै लगानीकर्ताले आज ४.७० प्रतिशतसम्म गुमाएका छन्।
सर्वाधिक कारोबारमा हिमालयन डिस्टिलरी अगाडि छ। कम्पनीको २ करोड ४४ लाखको सेयर कारोबार भएको छ।
21
Shares
प्रतिक्रिया