ad ad

कारोबार


चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्किने अवस्था बनेन : चन्द्र ढकाल

चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्किने अवस्था बनेन : चन्द्र ढकाल

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८० आइतबार १०:५६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्किने अवस्था बन्न नसकेको बताएका छन्।

शनिवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकीकरण र पुनः संरचनाको सुविधा दिएपनि ५ करोडमा मात्रै सीमित भएको बताए।

असार मसान्तसम्म बैंकको कर्जामा ५ करोड सम्मको मात्रै पुनःतालिकीकरण र पुनः संरचनाको सुविधा पर्याप्त नभएको उनको भनाइ थियो।

उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा महासंघले दिएका सुझाव सम्बोधन नै भएको भन्न नमिल्ने तर निजी क्षेत्रले अपेक्षा गरेजस्तो चलायमान भने नभएको बताए।

वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको दाबी उनले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .