कारोबार


आईएमई पेको बिगमार्टसँग नयाँ अफर ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’

आईएमई पेको बिगमार्टसँग नयाँ अफर ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १५:२०, काठमाडौँ

आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ले बिगमार्ट, चितवनसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ।

‘ह्याप्पी शपिङ याट् बिगमार्ट’ नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकलाई जेठ महिनाभरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ।

सो छुट अन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा रु १०० सम्म छुट पाउन सक्ने छन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधी भरी ५ पटकसम्म पाउने छन्।

अफरको दोश्रो चरण असार १ देखी साउन ३२ सम्म रहने छ। सो अवधीमा आइएमई पेले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेमहरु खेलाइने छ र आकर्षक उपहारहरु पनि  प्रदान गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .