कारोबार


डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरी कार्यान्वयन गरिने

डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरी कार्यान्वयन गरिने

नेपालखबर
जेठ ५, २०८० शुक्रबार २०:२६, काठमाडौँ

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गर्ने जनाएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०८०÷०८१ को नीति तथा कार्यक्रम गरेका हुन्।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षलाई डिजिटल वर्षको रुपमा मनाइरहेको छ।

राष्ट्र बैंकले विद्युतीय प्रवद्र्धन गर्न डिजिटल फ्रेमवर्कमा ८ क्षेत्रको ८० इनिसियटिभबाट नेपाललाई डिजिटलमय बनाउने गरी काम गरिरहेको छ। 

राष्ट्र बैंकले डिजिटल फ्रेमवक मार्फत विभिन्न १९ सेक्टरको परिकल्पना गरी काम गरिरहेको छ। 

सरकारले आगामी वर्ष डिजिटल नेपाल फ्रेमवर्क संचालनका लागि देखिएका समस्यालाई थप परिमार्जन गरी कार्यान्वयन गरिने नीति लिएको छ। कोभिडपछि नेपालमा डिजिटल कारोबार उल्लेख्य रुपमा बढेको छ। 

गत वर्ष मात्रै कुल राजस्व संकलनको २० प्रतिशत डिजिटल माध्यमबाट संकलन भएको थियो। यो वर्ष डिजिटल माध्यमबाट सरकारले ४० प्रतिशतको राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

डिजिटल नेपाल फ्रेमवकमा भुक्तानी फस्र्यौटको छुट्टै कानुन, लार्ज पेमेन्टको सिस्टम र आरपीएस स्विच व्यवस्था छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .