कारोबार


विश्व बैंकको टोलीसहित मन्त्री ज्वालाले गरे नागढुंगा सुरुङमार्ग अनुगमन

कहाँ पुग्यो काम?
विश्व बैंकको टोलीसहित मन्त्री ज्वालाले गरे नागढुंगा सुरुङमार्ग अनुगमन

शुक्रबार नागढुंगा सुरुङमार्ग अनुगमनका क्रममा मन्त्री प्रकाश ज्वाला। तस्बिर : रासस


नेपालखबर
जेठ १२, २०८० शुक्रबार १३:१४, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ। 

उक्त टोलीले आजै नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ। टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ। अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता छ। 

सो क्रममा मन्त्री ज्यालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिभका थिए। सुरुङमार्गको मुख्य टनेल ६ सय मिटर र रेस्क्यु टनेल २ सय मिटर खन्न बाँकी छ।

आउँदो दसैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ। आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र रूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले जानकारी दिए। 

सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो। यसको लम्बाइ २ दशमलव ६८ किलोमिटर छ। यहाँ ९ मिटर र ४ मिटरका दुई सुरुङ निर्माण भइरहेका छन्। कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको हो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .