घरजग्गा कारोबारबाट ५५.२ प्रतिशतले राजश्व घटेको छ। चालु आर्थिक वर्षको शुरुवातमा घरजग्गा कारोबारमा देखिएको शिथिलताको कारण राजश्व साढे २५ अर्बले घटेको हो।
चालु आर्थिक वर्षको फागुनसम्म पुँजीगत लाभकर १३ अर्ब ३९ करोड र रजिष्ट्रेशन शुल्क ७ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको छ।
चालु आर्थिक वर्षको ८ महिनामा २० अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको छ।
अघिल्लो वर्षको यहि अवधीमा पुँजीगत लाभकर ३३ अर्ब १० करोड र रजिष्ट्रेशन शुल्क १३ अर्ब १९ करोड गरी ४६ अर्ब २९ करोड संकलन भएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा ६३ अर्ब २७ करोड रुपैयाँ घरजग्गाबाट राजश्व संकलन गरेको छ।
चालु आर्थिक वर्षको शुरुमा आम्दानी नभएपनि फागुन यता सुधार हुँदै गएको छ।
सरकारले चालु आर्थिक वर्षको अन्तसम्म २.१७ प्रतिशतले बढ्ने अनुमान गरेको छ।
60
Shares
प्रतिक्रिया