नेपालमा विदेशी पर्यटकको औसत बसाई २ दिनले घटेको छ। पर्यटककले नेपालमा बस्ने समय घटाउन थालेसँगै खर्च पनि कम गर्न थालेका हुन्।
सन् २०२२ मा पर्यटकको औसत वसाई १३.१ दिन रहेको र प्रति पर्यटक प्रति दिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको छ।
सन् २०२० र सन् २०२१ पर्यटकको बसाई अवधि औसत क्रमशः १५.१ दिन र १५.५ दिन रहेको थियो।
सन् २०२२ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६४.७ प्रतिशत पर्यटकले मनोरञ्जन यात्राको लागि भ्रमण गरेका थिए।
यसैगरी, १२.९ प्रतिशत तीर्थयात्रा, १० प्रतिशत पर्वतारोहण/साहसिक यात्रा र १२.४ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेका थिए।
त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल सहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या २०७८ फागुनसम्म १ हजार १८३ रहेकामा २०७९ फागुनसम्म १२ सय २८ पुगेके छ।
तारेस्तरका होटलमा रहेका शैयाको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म ५६० थप भई हालसम्म १६ हजार हजार ३ सय ३५ पुगेको छ।
नेपालका पर्यटकीय गन्तव्यमध्ये लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएको छ।
कोभिड–१९ को असर कम हुँदै गएसँगै लुम्बिनी भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ।
सन् २०२२ मा लुम्विनी भ्रमण गर्नेमध्ये नेपाली ६ लाख ४९ हजार, भारतीय २ लाख ३१ हजार र अन्य मुलुकका २४ हजार गरी ९ लाख ४ हजार रहेका छन्।
Shares
प्रतिक्रिया