कारोबार


टारोको बाइक अब ८० हजार कम मूल्यमा

टारोको बाइक अब ८० हजार कम मूल्यमा

नेपालखबर
जेठ २३, २०८० मंगलबार १४:५४, काठमाडौँ

‘टारो’ बाइकको नेपालका लागि आधिकारीक वितरक ओम मोटोकर्प प्रालिले नेपाली बजारमा उपलब्ध २ मोडलका बाइकको मूल्य घटाएको छ।

टारोका दुई मोडल जीपी२ २०० र जीपी१ २५० को मूल्य घटाइएको हो। जीपी२ २०० को मूल्य पहिले रु.५ लाख ५५ हजारबाट घटाएर ४ लाख ७५ हजार रुपैयाँ कायम गरिएको छ। यसमा ८० हजार रुपैयाँ मूल्य कम गरिएको हो।

त्यसैगरी जीपी१ २५० को मूल्य ६ लाख ७० हजारबाट ६ लाख कायम गरिएको छ। यी बाइकमा क्रमश ८० हजार र ७० हजार रुपैयाँ मूल्य कम गरिएको छ।

सरकारले हालै सार्वजनिक गरेको बजेट मार्फत २०० सीसी भन्दा माथिका दुई पाङ्ग्रे सवारी साधनमा पहिले भन्दा केही सहुलियत भएका कारण टारोले पनि मूल्य समायोजन गरेको जानकारी दिएको छ।

इटालियन डिजाइनमा निर्मित टारोका बाइकहरु युवावर्गहरुले अत्याधिक मन पराएको स्पोर्ट सेग्मेन्ट अन्तर्गतका बाइकहरु हुन्।

नेपाल भित्रिएको यस ब्राण्डका बाइकसँगै १५० सीसीका अन्य दुई स्कुटरका मोडलहरु पनि उपलब्ध छन्।

इमोला १५० र टी९ १५० ईएफएल हाल नेपाली ग्राहकले कार्यक्षमता र डिजाइन दुवै पाटोमा मन पराइएका यस ब्राण्डका प्रचलित स्कुटरहरु हुन्। एक्सचेन्ज तथा फाइनान्स दुवैको सुविधा सहित उपलब्ध टारोका बाइक तथा स्कुटर भविष्यमा अझ बढी परिमार्जित हुँदै ल्याइने र अझ बढी सेवा र सुविधाका साथ नेपाली बजारमा उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ।

कम्पनीका अनुसार हाल उपत्यकाभित्र कम्पनीको ३एस सुविधाका साथ नक्साल, टेकु र धोबिघाट शोरुमबाट टारोको बाइक खरीद गर्न सकिनेछ भने उपत्यका बाहिर इटहरी, हेटौँडा र पोखरामा काइक ३एस सुविधाको साथमा उपलब्ध रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .