कारोबार


मोटरहेडको स्क्राम्बलर-२५० मोडलको मोटरसाइकलमा ५० हजार मूल्य घटायो

मोटरहेडको स्क्राम्बलर-२५० मोडलको मोटरसाइकलमा ५० हजार मूल्य घटायो

नेपालखबर
असार १, २०८० शुक्रबार १७:५५, काठमाडौँ

मोटरहेडले स्क्राम्बलर-२५० मोडलको मोटरसाइकलमा १५ दिनको लागि ५० हजार मूल्य घटाएको छ। 

मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक विक्रेता एस.एल.आर टेक्नो एण्ड ट्र‍ेड प्रा.ली.ले  असार १ गते देखि असार १५ सम्म मूल्य घटाएको हो।

यसअघि ४ लाख ९५ हजार रुपैयाँ रहेकोमा मोडल हाल कम्पनीको यस अफर अन्तर्गत ग्राहकले मात्र ४ लाख ५५ हजार रुपैयाँमै खरिद गर्न पाउने भएका छन्। 

कम्पनीको अनुसार ग्राहकले यस नयाँ बिक्रि मूल्यमा स्क्रम्बलर २५० का ४ वटा कलर, नयाँ मुफेलर डिजाइन र आकर्षक ग्राफिक सहित आफ्नो रोजाइमा वाइक खरीद गर्न पाउने छन्।

२२३ सीसीको हाई प्रो इन्जिन क्षमता भएको आयल कुल, ६ वर्ष, १२ भोल्ट, ७ एम्पियरको ब्याट्रिको साथ पीजेट, ३० कार्बुरेटर रहेको छ। 

विशेषताको रुपमा क्याफे रेसर डिजाइन, उच्चतम ग्राउन्ड क्लियरेन्स, १४ लिटरको ट्यांक क्षमता, डिजिटल मिटर, युएसबी चार्जरको साथै मेटल फिसिङ  दिइएको छ।

साथै, कम्पनीले एक्सचेन्ज  र फाइनान्सको सुविधालाई समेत सहज बनाउँदै, उक्त वाइकमा विभिन्न नगद छुट र फ्री हेल्मेटको व्यवस्था समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .