टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात विद्युतीय गाडी किन्न चाहने ग्राहकहरूका लागि अत्याधिक छिट्टो, सरल र सहज गाडी फाइनान्सिङको सुविधा ल्याएको छ। यस्तो सुविधा नेपालभरि फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरशिपबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।
विगत २ वर्षदेखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभी र टिगोर ईभीको ८० प्रतिशतसम्म गाडी फाइनान्सिङ अब ३ दिनभित्रै हुनेछन्। उक्त फाइनान्सिङ नेपालभरि फैलिएका विभिन्न ‘क’ वर्गका बैंकद्वारा १०.०५ प्रतिशतको न्यूनतम ब्याजदरमा उपलब्ध हुनेछन्।
टाटा मोटर्सका ईभी गाडीहरुको छिट्टो तथा सरल गाडी फाइनान्सिङको सुविधाका लागि मुलुकभरि फैलिएका एभरेष्ट बैंक, नबिल बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, तथा प्रभु बैंकका संजालबाट उपलब्ध हुनेछन्।
नेपालकै पहिलो, ठूलो र फैलिएको २० स्थानमा फास्ट चार्जिंङ स्टेसनदेखि उच्चस्तरीय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भइसकेको कम्पनीले जनाएको छ।
साथै, आउने दिनहरुको लागि पनि अझ मद्दत पुग्ने गरि यो वर्ष चार्जिंङ स्टेसनदेखि सर्भिस स्टेसनलाई नेपालको विभिन्न भूभागमा फैलाउने योजना कम्पनीको छ। यो सँगगै जनशक्तिको दक्षतालाई अझै मजबूत गर्न ईभी लर्निङ सेन्टर तथा ट्रेनिङ सेन्टरको थप निर्माण गर्ने योजना रहेको पनि कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया