ad ad

कारोबार


‘आईएमई पे’ ले ल्यायो टीभी- इन्टरनेटको बिल भुक्त्तानीमा छुट अफर

‘आईएमई पे’ ले ल्यायो टीभी- इन्टरनेटको बिल भुक्त्तानीमा छुट अफर

नेपालखबर
असार ११, २०८० सोमबार १५:५८, काठमाडौँ

‘आईएमई पे’ ले टीभी इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ।

यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टीभी तथा इन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी रु १५० सम्म वा १० प्रतिशत छुट पाउने छन्।

एक हप्ताको अन्तरालभरिमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउने छन्।

‘आईएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आईएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .