कारोबार


प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

नेपालखबर
असार १२, २०८० मंगलबार १६:१०, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरे। शाखा कार्यालय नक्साल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद/चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ सेवा, एटीएम सेवा लगायतको रकम जम्मा गर्न सकिने छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरुलाई बैंकिङ सेवा लिन थप सहज हुने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरे।

उनले बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको बताउँदै प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .