कारोबार


वैदेशिक रोजगारीबाट फर्किएकाले एयरपोर्टमा ठगिएको गुनासो गरेपछि मन्त्री किराँतीको ‘एक्सन’

वैदेशिक रोजगारीबाट फर्किएकाले एयरपोर्टमा ठगिएको गुनासो गरेपछि मन्त्री किराँतीको ‘एक्सन’

नेपालखबर
असार १७, २०८० आइतबार १०:११, काठमाडौँ

वैदेशिक रोजगारीबाट फर्किएका एक नागरिकले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफू ठगिएको गुनासो गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समस्या सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

‘दामु दाइ’ नामको ट्विटर ह्यान्डलबाट प्रमाणसहित आफू ठगिएको तथा लगेजका सामान हराएको जानकारी गराएपछि मन्त्री किराँतीले न्याय दिलाउने प्रतिबद्धता जनाएका हुन्। यसका लागि आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले उल्लेख गरेका छन्। 

‘दामु दाइ’ नामको ट्विटर ह्यान्डलमा पैसा तथा कागजातसहित लेखिएको छ, ‘धन्यवाद नेपाल सरकार अनि त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट! मैले ६ वर्ष कोरियामा कमाएको पैसा एकपटक पनि हुन्डी नगरी नेपाललाई रेमिट्यान्स पठाएको सम्मानस्वरूप २ ओटा मोबाइल ल्याएबापत नेरु ४४७३४ लिएको छ र मेरो लगेजमा ल्याएको सामानमध्ये २५ प्रतिशत सामान मेरो लगेजबाट हराएको छ र पटकपटक एयरपोर्ट जाँदा सीसी टीभी हेर्दिन आग्रह गर्दा राम्रो कुरासमेत नगरेको कुराले मजस्ता वैदेशिक रोजगारीमा गएका सम्पूर्ण नेपालीहरू अत्यन्तै दुःखी भएको र हुने कुरा सम्बन्धित ठाउँसम्म पुर्‍याइदिनु हुन हार्दिक अनुरोध गर्दछु।’

जवाफमा पर्यटनमन्त्री किराँतीले लेखेका छन्, ‘यो घटनाले दुःखित भएँ। परदेशमा दुःख गरेर घर फर्कंदा देखिने यस्ता कुसंस्कार अझै कति भोग्नुपर्ने? सम्बन्धित निकायहरूमा यो विषय जानकारी गराएको छु। दामुजीलाई न्याय हुने र यस्ता घटना न्यूनीकरणका लागि आवश्यक कदम निर्ममतापूर्वक कार्यान्वयनमा ल्याउन लागिपर्नेछु। सबै सरोकारवालाप्रति आभार।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .