सरकारले विभिन्न समयमा बरामद भएका डेढ लाख किलो बढी रक्तचन्दन उत्पत्ति मुलुक नै फिर्ता पठाउने निर्णय गरेको छ।
मन्त्रिपरिषदको पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका हुन्।
मन्त्री बाँस्कोटाका अनुसार सरकारले परराष्ट्र मन्त्रालयमार्फत साइटिस अर्थात् लोपोन्मुख अवस्थाका वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी सम्मेलन तथा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ को दफा ३० को उपदफा २ र ३ बमोजिम १ लाख ७३ हजार ७१ दशमलव ७९२ किलो रक्तचन्दन काठ भारत पठाउने निर्णय भएको हो।
मन्त्रिपरिषद्को निर्णयसँगै भारतले ९० दिनभित्र उक्त रक्तचन्दन काठ जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट फिर्ता लैजानुपर्नेछ।
प्रतिक्रिया