ग्लोबल


दार्जिलिङमा भाजपा नेताको पुत्ला दहन

दार्जिलिङमा भाजपा नेताको पुत्ला दहन

शैलेन्द्र समदर्शी
माघ २, २०७६ बिहिबार १०:४७,

बिहीवार दार्जिलिङमा भारतीय जनता पार्टीका नेता दिलीप घोषको पुत्ला दहन गरिएको छ। गोर्खाल्यान्ड आन्दोलनकारीहरूविरुद्ध विवादास्पद बयान दिएपछि विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले घोषको पुत्ला दहन गरेको हो।

दिलीप घोष भाजपा पश्चिम बङ्गाल प्रदेश कमिटीका अध्यक्ष एवं लोकसभा सांसद हुन्। केही दिनअघि एक न्युज च्यानलमा बहसअवधि पछिल्लो गोर्खाल्यान्ड आन्दोलमा आन्दोलनकारीहरूले सरकारी सम्पत्तिमा आगजनी गरेकै कारण बङ्गाल पुलिसले ११ गोर्खालाई गोली ठोकेको बताएका थिए। साथै उनले गोर्खाल्यान्डको संवैधानिक माग गरिरहेका गोर्खाहरूमाथि मानव अधिकारको हनन् गर्दै गोली ठोक्ने ममता ब्यानर्जी सरकारको निर्णयलाई सही ठहऱ्याएका थिए।

यसभन्दा अघि नागरिकता संशोधन अधिनियम (सीएए)-लाई लिएर भइरहेको हिंसात्मक प्रदर्शनअवधिमा प्रदर्शनकारीहरूले सरकारी सम्पत्ति आदिमा आगजनी गरिरहेको बताउँदै यस्ता प्रदर्शनकारीहरूलाई कुकुरलाई जस्तै गोली ठोक्नुपर्ने विवादास्पद बयान दिएका थिए। यद्यपि घोषको यस्तो अप्रजातान्त्रिक र असंसदीय बयानको केही भाजपा नेतृत्वलेसमेत विरोध जनाइसकेका छन् भने यता दार्जिलिङ पहाड़मा घोष र भारतीय जनता पार्टीविरुद्ध जनाक्रोश बढ़ेको छ।

आज घोषकाे यसै बयानलाई केन्द्र गरी दार्जिलिङ र कालेबुङमा विनय तामाङ नेतृत्वकाे गोर्खा जनमुक्ति मोर्चाको युवा एकाइले यी भाजपा नेताको पुत्ला दहन गरेको छ। साथै दिलीप घोषले आफ्नो बयानलाई फिर्ता लिँदै यथाशीघ्र माफी माग्नुपर्ने माग गरेको छ। यदि माफी नमागेको खण्डमा घोष दार्जिलिङ आएको समयमा अनुहारमा कालो मोसो दलिदिने चेतावनीसमेत दिएको छ।

स्मरणरहोस्, घोषको बयानको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले पनि तीखो शब्दमा निन्दा गरेको छ। साथै यस्तो बयान दिने दिलीप घोषलाई पक्राउ गरिनुपर्ने माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .