कारोबार


संसद्‍का दुवै सदनबाट पारित भयो बजेट

संसद्‍का दुवै सदनबाट पारित भयो बजेट

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार १६:५६, काठमाडौँ

आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)  संसद्‍का दुवै सदनबाट पारित भएको छ।

बिहीबार बसेको राष्ट्रियसभाको बैठकबाट पनि बजेट पारित भएको हो। यसअघि बजेट विवादबीच प्रतिनिधिसभाको बैठकबाट पनि पारित भइसकेको छ। 

प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक, २०८० राष्ट्रियसभाको बहुमतले पारित गरेको हो।

बिहीबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए। 

यसअघि बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा गरिएका खर्च कटौती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।

विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ बिहीबार नै मन्त्रीहरुले दिइसकेपछि बजेट पारित भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .