ad ad

कारोबार


निर्माण व्यवसायमा देखिएका समस्याको भरपाइ गर्नसक्ने स्थिति छैन : अर्थमन्त्री

निर्माण व्यवसायमा देखिएका समस्याको भरपाइ गर्नसक्ने स्थिति छैन : अर्थमन्त्री

नेपालखबर
साउन २०, २०८० शनिबार २०:४०, काठमाडौँ

अर्थमन्त्री डा.प्रकाशशरण महतले स्रोत सुनिश्चितताको कमीका कारण निर्माण व्यवसायमा समस्या देखिएको बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल अडिटर्स एशोसिएशन (अडान) को १८ औं  अडान डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायमा देखिएका समस्या समाधानका भरपाइको स्रोत नभएको बताए। 

‘अवश्य पनि हाम्रो राज्य संयन्त्रमा समस्या छ। जसरी हरेक क्षेत्रमा समस्या छ, राज्य संयन्त्रमा पनि समस्या छ। हामी समयमा कार्यान्वयन गर्दैनौँ। धेरै कुरा हामी घोषणा गर्छौं। त्यो घोषणामा अन्तर्निहीत जुन विषयवस्तु छ, त्यसको गहनता र गम्भीरतालाई हामी धेरै सोच्दैनौँ,’ उनले भने, ‘त्यसले धेरै समस्या आएको छ। हामी श्रोत सुनिश्चितता भनेर धेरै कुराहरु ग¥यौं। बजेट विनियोजन  ग¥यौं। फ्युचर इन्कमको पोसिबिलिटी र त्यो सीमा कति हुनसक्छ? भन्नेकुराको ख्याल नगरी हामीले अहिले नै भविष्यको कुरा निर्णय ग¥यौं।’

मन्त्री महतले हरेक क्षेत्रमा समस्या भएझैँ राज्य संयन्त्रमा पनि समस्या रहेको र त्यो समस्या कार्यान्वयनको पक्षमा रहेको पनि बताए।

उनले घोषणा गर्ने तर त्यसको श्रोत सुनिश्चितताको बारेमा नसोच्ने कारण धेरै समस्या सिर्जना भइरहेको बताए।

‘यत्तिको ठेक्का लगाउने, ५ करोड अहिले राखेर ५ अर्बको ठेक्का। स्रोत सुनिश्चितता बहुवर्ष। भनेर भन्यौँ। ठेक्का लाग्यो कााम थाल्यो। स्रोत छैन। त्यसले पनि अहिले निर्माण व्यवसायीदेखि लिएर त्यहाँ समस्याहरु दायित्वहरु सिर्जना हुँदै गयो,’ महतले भने, ‘त्यसलाई समाधान गर्ने ब्याकअप, रिसोर्सेस छैन। त्यसकारण अहिले जतिपनि त्यो किसिमबाट विचार नगरी गरिएको निर्णयले ल्याएका समस्या जम्मा भएको छ। त्यसलाई फेरि सफा गर्न समय लाग्छ, त्यसको शुरुवाता मैले गरेको छु।’

उनले भविष्यको निर्णय गर्ने तर श्रोतको बारेमा जानकारी नराख्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताए।

‘एउटा घोषणाले सबैकुरा क्लिनअप गर्न गाह्रो छ, बिस्तारै हटाउँदै जानुपर्छ। त्यसमा चौतर्फी दबाब छँदैछ, स्वार्थ समूह छँदैछ, खाईपाईका कुराहरु घुमाउँदा आउने दबाबहरु झेल्नुपर्छ, मैले झेलिरहेको छु। हाम्रो काम गर्ने शैलीमा पनि यो त भन्नेकुरा हो, गर्ने कुरा छँदै छ भन्ने माइण्डसेट छ, त्यो चेन्ज गर्न जरुरी छ, तर लोगेको लाग्यै छु तर त्यो चेन्ज आउँछ, कार्यान्वयनमा जान्छ,’ उनले भने।

अर्थमन्त्री महतले विचार नगरी गरिएका निर्णयका कारण समस्या उत्पन्न भएको भन्दै ती समस्या समाधानका लागि केही समय लाग्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .