ad ad

कारोबार


साताको पहिलो दिन नेप्से २ हजार बिन्दु तल, दुई अर्बको कारोबार

साताको पहिलो दिन नेप्से २ हजार बिन्दु तल, दुई अर्बको कारोबार

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८० आइतबार १५:१५, काठमाडौँ

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.१४ अंकले घटेको छ।

आइतबार नेप्से ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा झरेको हो। घटेको बजारमा कारोबार रकम भने बढेको छ।

अघिल्लो दिन नेप्सेमा १ अर्ब ४५ करोडको कारोबार भएको थियो। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार बढेर २ अर्ब १ करोड पुगेको छ। 

कारोबारमा आएमध्ये ११ कम्पनीको सेयरमूल्य बढ्दा २१३ कम्पनीको घटेको छ। तीन कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ। 

आज नेप्सेमा उच्च अंकको गिरावट आउँदा १३ वटै उपसमूह घटेको छ।  शुभम पावर कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

त्यसैगरी थ्रीस्टार हाइड्रोपावरको ७.८९ प्रतिशत र वृद्धभूमी हाइड्रोपावरको सेयरमूल्य ५.४४ प्रतिशतले बढेको छ। 

नेप्सेमा एनआईसी एशिया बैंकको सर्वाधिक २७ करोड ५४ लाखको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .