कारोबार


यती एयरलाइन्स दुर्घटना अध्ययन प्रतिवेदन मस्यौदा बुझाइयो, २ महिनापछि सार्वजनिक हुने

यती एयरलाइन्स दुर्घटना अध्ययन प्रतिवेदन मस्यौदा बुझाइयो, २ महिनापछि सार्वजनिक हुने

नेपालखबर
असोज ५, २०८० शुक्रबार १६:५०, काठमाडौँ

यती एयरलाइन्स दुर्घटना जाँचबुझ आयोगले अध्ययन प्रतिवेदनको मस्यौदा सरकारलाई बुझाएको छ। बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष अन्तिम मस्यौदा बुझाएको हो। 

२०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको–एन एनसी विमान पोखरा आन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो। 

आयोगले बुझाएको मस्यौदा सुझाव सहित २ महिनापछि सार्वजनिक गरिने छ। 

‘अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको मापदड बमोजिम ६० दिनको समय दिएर सम्बद्ध मुलुक÷निकायलाई मस्यौदाका प्रतिवेदन प्रतिकृयाकालागि पठाइने र प्रक्रिक्रिया प्राप्त भए पश्चात सार्वजनिक गरिने,’ उड्डयन मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .