कारोबार


रामेछापबाट लुक्लाको लागि उडान सुरु

रामेछापबाट लुक्लाको लागि उडान सुरु

नेपालखबर
असोज ७, २०८० आइतबार २१:१८, काठमाडौँ

रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ। तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि आजदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन्।
    

पर्यटकका लागि सिजन मानिने यस बेला काठमाडौँको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीहरूले विदेशी पर्यटकहरूलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्न लागेका हुन्।

यसअघि विभिन्न कारण दुई वर्षदेखि थलिएर भर्न नसकेका वायुसेवा कम्पनीहरूले यस वर्ष बेलैदेखि उडान भर्न लागेका हुन्। यो पर्यटकहरूको सिजन भएकाले दैनिक रूपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान भर्ने योजना रहेको कम्पनीहरूले बताएका छन्।

काठमाडौँबाट नजिक रहेको यस एयरपोर्टमा साना विमानस्थलहरूका लागि हवाई इन्धन सहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागिसमेत रामेछाप विमानस्थल उपयोगी मानिएको छ।

तर नजिकको दूरीमा रहेर पनि रामेछाप–काठमाडौँको  नियमित उडान भने कुनै कम्पनीहरूले पनि गर्न सकेका छैनन्, स्थानीय प्रशासन र सङ्घीय तथा प्रदेश सांसदहरूको पहलमा ती कम्पनीहरूले नियमित उडान भर्ने सहमति गरी कार्य तालिका नै प्रकाशन गरे पनि यात्रु अभाव देखाउँदै उडान भरेका छैनन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .