ad ad

कारोबार


साढे २ अर्बको लागतमा बूढानीलकण्ठ हेरिटेज होटल, मंसिरबाट सञ्चालन हुने

साढे २ अर्बको लागतमा बूढानीलकण्ठ हेरिटेज होटल, मंसिरबाट सञ्चालन हुने

वसन्त अर्याल
असोज २६, २०८० शुक्रबार १०:२२, काठमाडौँ

बूढानीलकण्ठ हेरिटेज होटल निर्माणको अन्तिम चरणमा पुगेको छ। मंसिरबाट सञ्चालनको तयारी सहित पाँचतारे होटल निर्माणको काम भैरहेको छ। 

होटल बूढानीलकण्ठ मन्दिरबाट ५५० मिटर पूर्वतर्फ अवस्थित छ। कुल कोठा संख्या १०२ वटा छन् भने १९० बेड रहने छन्। ३ वटा भवन बन्दै छन्।

बूढानीलकण्ठ हेरिटेज लिमिटेडले १२ रोपनी ४ आनामा होटल निर्माण गर्दैछ। कुल जग्गाको ३० प्रतिशतमा भवन निर्माण हुने छ। २० प्रतिशत हरियाली र ५० प्रतिशत खुला क्षेत्र छ। होटल निर्माण गरिएको जग्गा कम्पनीकै स्वामित्वमा छ। 

होटल निर्माणसँगै वातावरणीय प्रभाव मूल्यांकन अन्तिम चरणमा पुगेको छ। वन तथा वातावरण मन्त्रालयले  प्रतिवेदन तयार भैसकेको जानकारी गराउँदै राय सुझाव माग गरिसकेको छ।  

होटलको कुल फ्लोर एरिया १२ हजार ८१८ वर्गमिटर रहेको छ। होटलको वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको जिम्मा सस्टेनेबल भेन्चर्स प्रालिले गरेको छ। 

बूढानीलकण्ठ हेरिटेज लिमिटेडका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले वन मन्त्रालयले ईआईए प्रतिवेदन टुंग्याउने चरणमा रहेको जानकारी दिए। 

होटलका प्रबन्ध निर्देशक कार्कीले नोभेम्बरको अन्तिमबाट होटल सञ्चालन गर्ने लक्ष्य राखिएको छ। 

‘होटलका पूर्वधार निर्माणको अन्तिम चरणमा छन्,’ कार्कीले भने, ‘नोभेम्बरको अन्तिमबाट सञ्चालन गर्ने लक्ष्य हो।’

बूढानीलकण्ठ हेरिटेज लिमिटेड २०१८ मा स्थापना भएको हो। २०२१ मा पब्लिक कम्पनीको रुपमा रुपान्तरण भयो। कम्पनीले ९ तल्ले पाँचतारे होटल निर्माण गरिरहेको छ। कम्पनीको प्रमोटर्समा चार्टड एकाउन्टेन्ट, डाक्टरसँगै व्यवसायीहरुको लगानी छ। होटलको अध्यक्षमा राजेन्द्र केसी रहेका छन् भने निर्देशकमा दिपक पाण्डे, अम्बिकाप्रसाद पौडेल लागायतका व्यवसायी रहेका छन्। 

लागत साढे २ अर्ब ४० करोड 
बूढानीलकण्ठ होटलको अनुमानित लागत २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। जसमा १ अर्ब ५४ करोड रुपैयाँ ऋण र करिब ८५ करोड रुपैयाँ प्रमोटरबाट संकलन गरिएको छ।   

मुख्य भवनको भूमिगत तलामा पार्किङ क्षमता २५ वटा चारपांग्रे र २० वटा दुईपांग्रे छन्। स्टोर, पानी ट्यांक, लन्ड्री, भान्सा कोठा, हाउसकिपिङ, लकर, स्टाफ क्यान्टिन रहने छ। भुइँ तल्लामा रिसेप्सन, लबी, बार, रेस्टरुम, रेस्टुरेन्ट रहने छन्। 

३०० जनासम्म अट्ने ब्याङ्क्वेट र पार्किङ भवन बन्दै छ। हेल्थ क्लबको भवन छुट्टै हुने छ। जसमा जिम, लबी, पार्लर, स्विमिङ पुल, डेक, बार रहने छन्। 

होटलमा स्विमिङ पुल, भिन्न क्षमताका व्यक्तिहरुका लागि विशेष पाहुना कोठा, जिम, पार्लर, बार, स्पा, साउना लगायतका सुविधा रहने छन्। सुरक्षाको लागि होटलका प्रत्येक पाहुना कोठा र करिडोरहरुमा स्मोक डिटेक्टर छन्। 

हाल होटल भवनको भौतिक पूर्वाधारहरु निर्माण भैसकेका छन् भने आन्तरिक सजावटको कार्यहरु भैरहेको छ। होटलको ५०.४६ प्रतिशत जग्गा खुला क्षेत्रमा रिचार्ज पिट बनाइने छ। आकासेपानी भूमिगत पानी पुनःभरण गर्न मद्दत गर्ने छ। होटलमा १५० जनाले रोजगारी पाउने अनुमान गरिएको छ। 

लेमन ट्री होटल्स्‌ले व्यवस्थापन गर्ने
होटलको व्यवस्थापन भारतीय कम्पनी लेमन ट्री होटल्स लिमिटेडसँग गर्ने सम्झौता भइसकेको छ। ‘लेमन ट्री प्रिमियर’ बूढानीलकण्ठ होटलको रुपमा सञ्चालन हुने छ। होटल ढिलामा २०२४ जनवरीमा सञ्चालन गरिने उल्लेख छ। 

‘होटलको व्यवस्थापन लेमन ट्री होटल्सले गर्ने समझदारी भएको छ,’ कार्कीले भने। 

भारतीय लेमन ट्री होटल्स मध्यमस्तरको ठूलो चेनको रुपमा परिचित छ। सन् २००४ मा ४९ वटा कोठाको व्यवस्थापनबाट सुरु भएको यो चेनले अहिले करिब  १० हजार कोठा व्यवस्थापन गर्दै आएको छ। ६० गन्तव्यका ९५ वटा होटलको व्यवस्थापन गरेको छ। 

कम्पनीले लेमन ट्री प्रिमियर, लेमन ट्री होटल्स, रेड फक्स होटल, की प्राइमा, की सेलेक्ट ब्रान्डको रुपमा भारत सहित विदेशमा होटल सञ्चालन गरिरहेको छ। 

कम्पनीले भारतका मुम्बई, कोलकाता, बैंगलुरु, हैदराबाद, चेन्नईसँगै विदेशमा दुबई र भुटानमा पनि होटल सञ्चालन गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .