कारोबार


नेपाल विदेशी लगानीकर्ता भित्र्याउने ठूलो ठाउँ : ओली

नेपाल विदेशी लगानीकर्ता भित्र्याउने ठूलो ठाउँ : ओली

नेपालखबर
बैशाख १७, २०८१ सोमबार २०:१२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्ध नेपाल र सुखी नेपालीको साझा परिकल्पना हासिल गर्न निजी स्वदेशी तथा विदेशी लगानी आवश्यक रहेको बताएका छन्।

सोमवार लगानी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको विकास र समृद्धिका लागि लगानी गर्न आग्रह गरे। उनले
लगानी सम्मेलन नेपालका लागि विदेशी लगानी कर्ता भित्र्याउने ठूलो ठाउँ बनेको बताए।

उनले नेपालको विकास प्रक्रियामा लगानी मार्फत योगदान गर्न आग्रह गरे।

उनले भने, ‘लगानी सम्मेलन नेपालका लागि विदेशी लगानी कर्ता भित्र्याउने ठूलो ठाउँ पनि हो। देशको विकासमा सबै राजनीतिक दलहरु एक भएर जिम्मेवारीलाई पूरा गर्नुपर्छ। नेपालको विकास प्रक्रियामा लगानी मार्फत योगदान गर्न इच्छुकहरुले लगानी गरेर विकासमा सहयोग गर्न सक्नुहुनेछ।’

उनले पुँजी र प्रविधिको खाडललाई अभिवृद्धि गर्न आवश्यक रहेको बताए। नयाँ लगानीबाट उदीयमान नेपाल बनाउनु आजको आवश्यकता भएको बताए। उनले नेकपा एमाले लगानीमैत्री वातावरण सिर्जना गर्न तयार रहेको पनि बताए।

अध्यक्ष ओलीले वर्तमान सरकार परिणाममुलक काम गर्ने स्पष्ट खाकासहित अगाडि बढेको उल्लेख गर्दै यसले सन् २०३० सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य लिएको बताए। निर्धक्क भएर नेपालको समृद्धिको यात्रामा सघाउन र लगानी गर्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .