कारोबार


सशस्त्रको पेट्रोल पम्प सिलबन्दी

सशस्त्रको पेट्रोल पम्प सिलबन्दी

फाइल फोटो


नेपालखबर
कात्तिक १, २०८० बुधबार १७:३८, काठमाडौँ

काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिलबन्दी गरिएको छ।

प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो।

उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले सिलवन्दी गरेको हो।

र्‍यापिड रेस्पोन्स टिमले मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेको आरोपमा पम्पमा सिल गरेको जनाएको छ।

प्रधानमन्त्रीका आईटी विज्ञ प्रकाश रायमाझीका अनुसार कलंकीको श्यामा पेट्रोलपम्प र स्वयम्भू एपीएफको हलचोकमा रहेका पेट्रोल पम्पको एउटा नोजल सिल गरिएको हो।

‘एपीएफको हलचोक पेट्रोल पम्पमा तीनवटा मध्ये एउटा नोजल सिल गरिएको हो’ उनले भने।

सशस्त्र प्रहरीले भने प्राविधिक समस्या आएकोले भोलि प्राविधकि आएर समस्या समाधान गर्ने बताएको छ।

‘२० दिनअघि पेट्रोल प्रतिलिटरमा ५० एमएल बढी फालेको पाइएको थियो। नापतौल विभागबाट प्रतिनिधि आएर त्यो समस्या समाधान गरिएको थियो। अहिले डिजल  प्रती ५ लिटरमा २ एमएल कम फालेको छ। यो एउटा सामान्य प्राविधिक समस्या मात्र भएकोले डिजलको एउटा नोजल मात्र भोलि बिहानसम्म बन्द गरिएको हो। भोलि बिहान नापतौल विभागबाट प्रतिनिधि आएर त्यो समस्या पनि हटाइने छ’ सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले भने, ‘५ लिटरमा पनि ६ पटक गरेर ५/५ लिटरमा हेर्दा ४ पटक बढी डिजल फालेको र २ पटक कम फालेपछि भोलि बिहान प्राविधिक आएर समाधान गर्ने कुरा भएको हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .