कारोबार


अर्थमन्त्रीले परिवर्तन गरे नेप्सेको अध्यक्ष

अर्थमन्त्रीले परिवर्तन गरे नेप्सेको अध्यक्ष

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १२:१४, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को अध्यक्ष परिवर्तन गरेका छन्। 

भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरिएको हो। 

यसअघि वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भूपाल बराल अध्यक्ष थिए। उनको स्थानमा पौडेललाई ल्याइएको हो। 

नेप्सेको बोर्ड अध्यक्षमा सरकारले सहसचिवलाई जिम्मेवारी दिँदै आएको छ। 

योसँगै नेप्सेको बोर्ड अध्यक्ष पौडेल र बोर्ड निर्देशकहरुमा अर्थ मन्त्रालयका उपसचिव कृष्णचन्द्र काफ्ले, राष्ट्र बैंकका निर्देशकद्वय हेमप्रसाद न्यौपाने र मिना पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका दिवेश प्रसाद लोहनी, स्वतन्त्र निर्देशकमा लक्ष्मी प्रसाद महर्जन र नेप्सेका सीईओ कृष्णबहादुर कार्की पनि बोर्डमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .