कारोबार


लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना

नेपालखबर
पुस १६, २०८० सोमबार १५:५४, काठमाडौँ

हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल ले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना ग्राहकहरू माझ ल्याएको छ।

यो योजना यही पुस १६, २०८० देखि नेपाल भरिका सबै शोरुममा सुरु भएको कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत, ग्राहकहरूले पाँच लाखसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँसम्मको गो–ग्रीन बोनसका साथै गाडीको मोडल इएरको आधारमा पाँच लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन्।

यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

सबै हुन्डाई आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन्। यस स्किमबाट हुन्डाईको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरि फाईदा लिन सकिनेछ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरु र ४३ं चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ।

यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .