कारोबार


सर्लाहीको मलंगवा र काभ्रेको धुलिखेलमा ग्लोबल आईएमई बैंकका नयाँ शाखा

सर्लाहीको मलंगवा र काभ्रेको धुलिखेलमा ग्लोबल आईएमई बैंकका नयाँ शाखा

नेपालखबर
पुस २३, २०८० सोमबार १९:५, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

यी दुई नयाँ शाखाहरूबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएका बैंकले जनाएको छ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो।

बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

ग्लोबल आईएमई बैंकलाई ‘सबैका लागि बैंक’ बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .