कारोबार


ललितपुरका दुई सहकारी गाभिए, अध्यक्षमा बजगाईँ

ललितपुरका दुई सहकारी गाभिए, अध्यक्षमा बजगाईँ

नेपालखबर
पुस २७, २०८० शुक्रबार २१:३१, काठमाडौँ

सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुईवटा सहकारी गाभिएका छन्।

शुक्रबार वर्ल्ड भिजन बचत तथा ऋण बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी गाभिएका हुन्।

गाभिएपछि संस्थाको नाम वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी रहेको छ। गाभिएपछिको अध्यक्षमा चेतनाथ बजगाईँ चयन भएका छन्।

शुक्रबार भएको एकीकृत साधारणसभाले उनलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन गरेको हो। यस्तै, उपाध्यक्षमा मीनराज दुलाल चयन भएका छन्। सचिव रमेश प्रसाद घिमिरे, सहसचिव पदमनाथ पराजुली, कोषाध्यक्ष सुरेन्द्र दाहाल, सदस्यहरुमा निर्मला बजगाइ र राजु संजेल रहेका छन् ।

त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको संयोजक टंक बास्तोला, सदस्यहरू पुरुषोत्तम सापकोटा, राजकुमार श्रेष्ठ रहेका छन्।

सहकारी मर्जमा लगेर बचतकर्ताको रकम थप सुरक्षित बनाएको अध्यक्ष बजगाईँले बताए।

‘अहिले सहकारी समस्यामा छ भनेर राम्रा संस्थालाई पनि बदनाम बनाइएको छ, हामी बचतकर्ताको रकम सुरक्षित राख्छौं भनेर पुष्टि गरेका छौँ,’ उनले भने।

उपाध्यक्ष निर्वाचित दुलालले पनि सहकारी आर्थिक रुपमा झन् बलियो बनेको बताए।

‘अब सदस्य संख्या पनि थप भयो र बचत पनि बढ्यो,’ उनले भने।

संस्थाले ललितपुरको भैँसीपाटीमा शाखा कार्यालय राख्ने निर्णय पारित गरेको अध्यक्ष बजगाईँले जानकारी दिए।

वल्र्ड भिजन बहुउद्देश्यीय सहकारीले जिल्लामा १२ वर्षदेखि राम्रो काम गरिरहेको छ।

संस्थामा ९ सय ४२ सदस्य तथा कुल शेयर पूँजी १ करोड ७७ लाख ७९ हजार छ।

यसैबीच शुक्रबार भएको साधारणसभामा वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारीको आर्थिक प्रतिवेदन पेश भइ पारित भएको छ ।

कोषाध्यक्ष सुरेन्द्र दाहालले पेश गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९–०८० मा १ करोड ५४ लाख १४ हजार ७२० रुपैयाँ ५१ पैसा आम्दानी र १ करोड ४१ लाख १७ हजार २४९ रुपैयाँ १० पैसा खर्च भई १२ लाख ९७ हजार ४७१ रुपैयाँ ४१ पैसा नाफा भएको छ।

साधारणसभाबाट अध्यक्ष बजगाईको आर्थिक वर्ष २०७९–८० को प्रगति प्रतिवेदन र  २०८०–८१ को कार्यक्रम पारित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .