भौतिक पूर्वधार तथा यातायात मन्त्रालय र प्रदेश यातायात मन्त्रालयको समन्वय वैठकले १० वटा निर्णय गरेको छ।
आइतबार भौतिक पूर्वधार मन्त्रालयमा सातै प्रदेशका मन्त्री र भौतिक पूर्वधार मन्त्रालयका अधिकारीबीच छलफलपछि निर्णय भएको हो।
बैठकले सवारी चालक अनुमतिपत्र सकेसम्म सबै प्रदेशले यसै आर्थिक वर्षभित्र प्रिन्टर र कार्ड खरिदगरी स्मार्ट अनुमतिपत्र छपाईको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ।
यस्तै, इभीआरएस प्रणाली १९ वटा यातायात व्यवस्था कार्यालयमा जडान भई कार्यन्वयनमा रहेकोमा चालु आर्थिक वर्षभित्र सबै यातायात कार्यालयमा जाडान गर्ने निर्णय भएको छ।
सवारीको नयाँ दर्ता, नवीकरण र नामसारीका लागि सेवा लिन आउने सबै सवारी साधनहरुलाई अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवेदन गर्न लगाई अनिवार्य जडान गर्ने निर्णय भएको छ।
यातायात व्यवस्था विभागले ल्याएको अनलाइन भुक्तानी प्रणाली सबै यातायात कार्यालयबाट गर्ने लगायतका निर्णय रहेका छन्।
प्रतिक्रिया