कारोबार


नाडा र एसियाली विकास बैंकका पदाधिकारीबीच छलफल

नाडा र एसियाली विकास बैंकका पदाधिकारीबीच छलफल

नेपालखबर
माघ १४, २०८० आइतबार २०:५६, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र एसियाली विकास बैंकका पदाधिकारीहरूबीच विभिन्न विषयमा छलफल भएको छ।  

आइतबार (माघ १४ गते) नाडाको सचिवाल टेकुमा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा सो छलफल भएको हो।

कार्यक्रममा नेपालमा अटोमोबाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनहरूको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढ्ने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तय गरिएको नाडाले जनाएको छ।

बैठकमा प्रोजेक्टकातर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो।

त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .