ad ad

कारोबार


नक्सालमा सञ्चालनमा आयो सेरेसको नयाँ शोरुम (तस्बिरहरू)

नक्सालमा सञ्चालनमा आयो सेरेसको नयाँ शोरुम (तस्बिरहरू)

सरोज बैजु
फागुन २४, २०८० बिहिबार १६:५१, काठमाडौँ

सेरेसले नक्सालमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। गत नाडा अटो शोमा नेपालमा गाडी भित्र्याई आक्रामक बिक्री थालेको कम्पनीले सेरेसले नक्साल चोकमा शोरुम सञ्चालनमा आएको हो। 

सेरेसले नेपालमा २ वटा मोडल बिक्री गरिरहेको छ। सेरेस ३ र मिनी ईभी एकै पटक सार्वजनिक गरेको थियो। 

विद्युतीय गाडी विक्री गर्ने सेरेसको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पाँचौँ शोरुम सञ्चालनमा ल्याएको छ। एमएडब्लु ग्रुपका प्रवन्ध निर्देशिक विष्णुकुमार अग्रवालले शोरुम उद्घाटन गरेका हुन्। 

अग्रवालले नयाँ शोरुम विस्तारले सेरेसको नेपालमा उपस्थिति बलियो बनाउने बताए। सेरेसले यसअघि काठमाडौं उपत्यकाभित्र पानी पोखरी र ललितपुरमा सञ्चालन गरेको छ। भक्तपुरमा नयाँ खोल्दै छ। 

काठमाडौंबाहिर पोखरा, बुटवलमा सञ्जाल विस्तार गरिसक्दा बिर्तामोड, विराटनगर, चितवन, नेपालगञ्जमा नयाँ खोल्ने तयारी गरिरहेको छ।

तस्बिरहरू 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .