ad ad

कारोबार


संस्थागत अक्षमताका कारण अर्थतन्त्र समस्याग्रस्त छ : पूर्वअर्थमन्त्री शर्मा

संस्थागत अक्षमताका कारण अर्थतन्त्र समस्याग्रस्त छ : पूर्वअर्थमन्त्री शर्मा

नेपालखबर
चैत १, २०८० बिहिबार १७:२४, काठमाडौँ

नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले स्रोत, साधनहरुको व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्र संकुचनमा परेको बताएका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले हामीसँग भएको पर्याप्त स्रोत, साधनहरुको व्यवस्थापन गर्न नजान्दा अर्थतन्त्र संकुचनमा परेको बताएका हुन्।

उनले स्रोत, साधनहरुको सही परिचालन, सही उपभोग र सही व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको बताए। उनले नेपालमा अर्थतन्त्रमा समस्या आउनुको कारण संरचनागत कमजोरी र संस्थागत अक्षमता भएको बताए। संरचना र संस्थाहरु बलियो बनाउनसके परिणाम निकाल्न सकिने उनको भनाई छ।  

उनले भने, ‘यद्यपि कोभिड लगायतका विश्वमा चलेका द्वन्दका प्रभावहरु पनि आफ्नो ठाउँमा छन्। तर त्यसको बाबजुद पनि पर्याप्त स्रोत, साधनहरुको सही परिचालन, सही उपभोग, सही व्यवस्थापन गर्ने हाम्रो संरचनागत कमजोरी, हाम्रा संस्थागत अक्षमताका कारणले नै आज हामी समस्याग्रस्त छौँ।’

उनले देशलाई समृद्ध बनाउनका लागि दश वटा एजेन्डाहरुमा राष्ट्रिय सहमति गर्नुपर्ने बताए। उनले एकले ल्याएको नीति र बजेट अर्कोले काट्ने गलत परम्पराबाट देश अगाडी बढ्न नसक्ने दाबी गरे।

पूर्वअर्थमन्त्री शर्माले राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने हो भने देशको समृद्धि सम्भव भएको बताए।

उनले अर्थतन्त्रमा देखिएका चुनौतिहरुको समाधान हुनेगरी संसदमा छलफल गरेर बजेटको सिद्धान्त र प्राथमिकता परिमार्जन गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .