ad ad

कारोबार


जग्गा खरिद र प्लटिङमा बैंकहरुको ५ अर्ब लगानी

जग्गा खरिद र प्लटिङमा बैंकहरुको ५ अर्ब लगानी

नेपालखबर
चैत २३, २०८० शुक्रबार १७:४, काठमाडौँ

८  महिनामा जग्गा खरिद र प्लटिङमा ५ अर्ब ५ करोड ऋण लगानी भएको छ। 

बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म देशभर ५ अर्ब बढी लगानी गरेका हुन्। 

गत वर्षको ८ महिनाको तुलनामा समग्र घरजग्गा कारोबारमा बढेको छ। २ करोडसम्मको व्यक्तिगत आवासको लागि ऋण बढे पनि व्यावसायिक रुपमा प्रवाह हुने कर्जा घटेको राष्ट्र बैंकले जनाएको छ। 

२ करोडसम्मको व्यक्तिगत घरकर्जा ३६ अर्ब ३५ करोड रुपैयाँ प्रवाह भएको छ। हालसम्म ३ खर्ब ८४ अर्ब रुपैयाँ व्यक्तिगत आवासमा प्रवाह भएको छ। 

१ करोड ५० लाख माथिको आवासीय घरकर्जा ३ अर्ब ३५ करोड रुपैयाँ बैंकले लगानी गरेका छन्।

व्यावसायिक कम्प्लेक्स र रेसिडेन्ट र अपार्टमेन्टमा ५८ करोड रुपैयाँ प्रवाह भएको छ। कमर्सियल कम्पेक्स र अपार्टमेन्ट निर्माण लोन फागुनसम्म ३१ अर्ब ६१ करोड ऋण लगानी भएको छ। 

व्यावसायिक कम्पलेक्स सञ्चालनको लागि लिएको ऋण सबैभन्दा बढी घटेको छ। १८.२ प्रतिशतले ऋण घटेको छ। २ अर्ब १० करोड रुपैयाँ मात्रै प्रवाह भएको छ। 

त्यस्तै ५ करोड माथिको कर्जा पनि घटेको छ। ८ महिनामा २ अर्ब ५० करोड रुपैयाँ प्रवाह भएको छ। जब कि अघिल्लो वर्षको यही अवधिमा ६ अर्ब ७३ करोड लगानी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .