ad ad

कारोबार


कृषि विकास बैंकले सुरु गर्‍यो २ लाखसम्मको फोनलोन, धितोविना एपबाट तुरुन्तै कर्जा

कृषि विकास बैंकले सुरु गर्‍यो २ लाखसम्मको फोनलोन, धितोविना एपबाट तुरुन्तै कर्जा

नेपालखबर
चैत २३, २०८० शुक्रबार १८:२३, काठमाडौँ

कृषि विकास बैंक लिमिटेडले एडीबीएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ। 

यस सुविधामार्फत योग्य ग्राहकले २ लाख रुपैयाँसम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ एपबाट विना धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

कृषि विकास बैंकमा तलबी खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमाअनुसार आफ्नो मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि ईएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन् भने पूर्वभुक्तानीको विकल्प पनि रहनेछ।

एडीबीएल इन्स्ट्यान्ट फोनलोन योग्य ग्राहकहरुले ‘बाई नाउ, पे लेटर’ सुविधा पनि प्राप्त गर्न सक्नेछन्। बीएनपीएल सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ। 

यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ। त्यसैगरी ग्राहकहरुले ‘कन्भर्ट टु ईएमआई’ सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यसअन्तर्गत योग्य ग्राहकले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। 

‘यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलै एडीबीएल इन्स्ट्यान्ट फोनलोनमा रजिस्टर गर्न सक्नेछन्’, बैंकले भनेको छ, ‘कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा सफ्टवेयरमार्फत तय गरिन्छ।’ 

योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ एपभित्र फोनलोन ब्यानर र रजिस्टर बटन देखा पर्ने बैंकले जनाएको छ। त्यसपछि ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्स्ट्यान्ट फोनलोनका सबै सेवाहरु प्राप्त गर्न सक्नेछन्। 

यो सेवा सुचारु गरेपश्चात् सरकारी बैंकहरुमध्ये फोनलोन सेवा सञ्चालनमा ल्याउने कृषि विकास बैंक पहिलो समेत बनेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .