ad ad

कारोबार


एक वर्षमा सवा ५ लाख घरजग्गा कारोबार, पछिल्ला ३ महिनायता बढ्दै

एक वर्षमा सवा ५ लाख घरजग्गा कारोबार, पछिल्ला ३ महिनायता बढ्दै

नेपालखबर
बैशाख २, २०८१ आइतबार १५:२५, काठमाडौँ

एक वर्षमा ५ लाख बढी घरजग्गा कारोबार भएका छन्। अर्थतन्त्र सुस्त रहेको २०८० मा ५ लाख २१ हजार ९१५ वटा कारोबार भएका हुन्। 

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार ३ महिनामा करिब ५० हजार कारोबार भएको छ।

सरकारले बैंक तथा वित्तीय संस्थालाई ऋण लगानी गर्न सहज गरे पनि धेरै बढ्न भने सकेन। माघ, फागुन र चैतमा कारोबार बढेको छ। वर्षभर नै सबैभन्दा बढी कारोबार जेठमा भएको छ। 

२०८० का सुरुवाती ३ महिना कारोबार सन्तोषजनक रहे पनि साउनपछि धेरै बढ्न नसकेको व्यवसायीले बताएका छन्। विभागका अनुसार वैशाखमा ४२ हजार ४६१ वटा लिखित पारित भएका थिए। अपार्टमेन्ट लिखित पारित ३० वटा भएका छन्। जेठमा ५५ हजार ६९ वटा लिखित पारित भए। २९ वटा अपार्टमेन्ट खरिदबिक्री भएका छन्। असारमा ४४ हजार ४८५ वटा कारोबार भए। ३३ वटा अपार्टमेन्ट लिखित पारित भए। 

साउनदेखि कात्तिकसम्म लगातार कारोबार घटेको छ। साउनमा ३९ हजार २६३ करोबार भए। ३० वटा अपार्टमेन्ट बिक्री भए। 
भदौमा ३५ हजार ६८३ लिखित पारित भएका छन्। यसमा अपार्टमेन्ट ४५ वटा छन्। असोजमा ३९ हजार ८८१ वटा कारोबार भए। ३८ वटा अपार्टमेन्ट खरिद बिक्री भए। 

कात्तिकमा सबैभन्दा कम कारोबार भएका छन्। लिखित पारित २६ हजार ४६ मात्रै भएका छन्। 

जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले पुसदेखि असारसम्म सबैभन्दा बढी कारोबार हुने गरेको बताए। 

‘२०८० को अन्त्यमा अर्थतन्त्र चलायमान हुँदै गएकाले केही वृद्धि भएको छ’, अध्यक्ष लोहनीले भने, ‘२०८१ मा कारोबार अहिलेको तुलनामा बढ्ने देखिन्छ।’

महासंघले मंसिरयता कारोबारमा सुधार आएको जनाएको छ। 

मंसिरमा ४१ हजार ८५१ वटा कारोबार भए। अपार्टमेन्ट खरिदबिक्री २२ वटा भएका छन्। पुस महिनामा ४५ हजार २७५ लिखित पारित भए। २८ वटा अपार्टमेन्ट खरिदबिक्री भएका छन्। 

माघ र पुसमा ५० हजारभन्दा बढी लिखित पारित भएका छन्। माघमा ५० हजार ९२१ लिखित पारित भए। २५ वटा अपार्टमेन्ट खरिदबिक्री भएका छन्। फागुनमा ५० हजार ९९८ वटा कारोबार भए। २९ वटा अपार्टमेन्ट विक्री भएका छन्। 

चैतमा ५० हजार २५२ वटा कारोबार भएको विभागले जनाएको छ। अपार्टमेन्ट कारोबार घटेर १८ मा सीमित भएको छ। चैतमा ३ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .