ad ad

सुदूरपश्चिम


कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोरले गरे मुख्यमन्त्रीमा दाबी

कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोरले गरे मुख्यमन्त्रीमा दाबी

नेपालखबर
बैशाख २, २०८१ आइतबार १५:३३, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

रेशम चौधरी पक्षका लक्ष्मणकिशोरले कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष केहीबेरअघि दाबी पेस गरेका हुन्।

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दिइएको समय आइतबार साँझ ५ बजे सकिँदै छ।

लक्ष्मणकिशोरले आफूलाई नाउपासहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका गरी २७ सांसदको समर्थन रहेको दाबी गरेका छन्। 

लक्ष्मणकिशोरले नाउपा संसदीय दल नेता घनश्याम चौधरी (केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठबाट कारबाहीमा परेका) , नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह र एकीकृत समाजवादी संसदीय दल नेता दीर्घ सोडारीको हस्ताक्षर भएको पत्रसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

सुदूरपश्चिममा नाउपामा रेशमलाल चौधरी पक्षमा ४ सांसद छन्। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा अहिले ५१ सांसद छन्। एक सांसदको निधन र समानुपातिक सांसद इन्द्रिरा गिरी पदमुक्त भएपछि २ पद रिक्त छ। 

सरकार बनाउन २६ सांसदको समर्थन चाहिन्छ। लक्ष्मणकिशोरका पक्षमा समर्थन गर्नेमा कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नाउपाका रेशम चौधरी पक्षका ४ र राप्रपाका १ जना सांसद छन्। 

उता केन्द्रमा सत्ता गठबन्धनले नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति गर्दै रञ्जिताले कैलाश चौधरीलाई अघि सारेकी थिइन्। 

केन्द्रमा एमालेसँगको गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेससँग सहकार्य गर्न पुगेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .