ad ad

कारोबार


खिम्ती आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले सेयर पाउँछन् : कुलमान

खिम्ती आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले सेयर पाउँछन् : कुलमान

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १८:५३, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउने बताएका छन्।

मंगलवार काठमाडौंमा दोलखा जिल्लाका जलविद्युत आयोजनाहरुबाट प्राप्त अवसर र समस्या चुनौति विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन्।

उनले खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणलाई आउनुपर्ने भएपनि अहिलेसम्म आउन नसकेको बताए। उनले आयोजना सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बिडिए,पीटिए र पीए सबै विषयमा छलफल भइरहेको बताए।

उनले २०२१ मा विभिन्न रुपमा छलफल भएपनि कोभिड आएपछि थप समस्या भएको बताए। निर्देशक घिसिङले प्राधिकरणको स्वामित्वमा ल्याउनको लागि धेरै प्रयास गरिरहेको दाबी गरे।

उनले नेपाल विद्युत् प्राधिकरणलाई प्रवद्र्धधक कम्पनी हिमाल पावरले बेटर अप्सन दिएको र त्यस बारेमा ठोस सहमति भएको बताए। उनले नेपाल सरकारको स्वामित्वमा कम्पनीको रुपमा आएपछि दोलखा र रामेछापलाई दिने शेयर दिने पक्षमा रहेको बताए।

उनले वैदेशिक लगानीमा निर्माण सम्पन्न भएकोे ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत प्राधिकरणमा आएपछि दिने प्रतिवद्धता जनाए।

उनले भने, ‘वैदेशिक लगानीमा निर्माण सम्पन्न भएकोे ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत प्राधिकरणमा आएपछि त्यो (सेयर) आउँछ भन्ने लाग्छ।’

उनले विद्युत प्राधिकरणले लाइसेन्स लिएकाले प्राधिकरणमार्फत तामाकोशी ५ जलविद्युत आयोजना ठेक्का लागेको बताए। उनले तामाकोशी ५ मा तामाकोशी जलविद्युत आयोजनाको शेयर कति राख्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

उनले तामाकोशी ५ जलविद्युत आयोजनाको १० प्रतिशत सेयर दोलखालाई दिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .